काठमाडौँ । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
विदेश मन्त्री कुरैशीले ट्वीटमार्फत आफूमा सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । सङ्क्रमण पुष्टिभए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको र घरैबाट कार्यालयको काम सुरु गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
शुक्रबार उहाँले लेख्नुभएको छ, दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । जचाउँदा ममा कोरोना पोजेटिभ पाइएको छ ।’ भगवानको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’
सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न पनि मन्त्री कुरैशीले आग्रह गर्नुभएको छ । पाकिस्तानमा दुई लाख २३ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
अहिलेसम्म कोभिड–१९ बाट पाकिस्तानमा ४५ सयभन्दा बढीको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७, ०७:०९