विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर १ करोड १२ लाख भन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । हाल सम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि ६३ लाख ५५ हजार भन्दा धेरै मानिसहरु भने स्वस्थ भएका छन् ।
विश्वभरको तथ्याङ्क हेर्दा हाल सम्म सङ्क्रमित भएका मध्ये झण्डै ५७ प्रतिशत मानिसहरु उपचार पछि स्वस्थ भएका छन् ।
विश्वभरको तथ्याङ्क हेर्दा हाल सम्म सङ्क्रमित भएका मध्ये झण्डै ५७ प्रतिशत मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । कोरोना भाइरसका कारण हाल सम्म विश्वभरि नै ५ लाख २९ हजार ४ सय ३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ३२ हजार १ सयको कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा २८ लाख ९० हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । यस्तै अमेरिकापछि ब्राजिलमा ६३ हजार २ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलमा हाल सम्म १५ लाख ४३ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।
रसियामा ६ लाख ७४ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन्, जहाँ १० हजार २७ जनाको मृत्यु भएको छ । छिमेकी देश भारत विश्वमा नै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित हुने देश मध्ये चौथो स्थानमा छ । भारतमा हाल सम्म ६ लाख ४९ हजार ८ सय ८९ जना मानिस सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने १८ हजार ६ सय ६९ रहेको छ ।
स्पेनमा २ लाख ९७ हजार ६ सय २५ जना सङ्क्रमित भएको कोरोना भाइरस सम्बन्धि जानकारी दिदै आएको वल्डमिटरले जनाएको छ । स्पेनमा २८ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ । यस्तै पेरुमा २ लाख ९५ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पेरुमा १० हजार २ सय २६ जनाको मृत्यु भएको छ । चिलिमा २ लाख ८८ हजार संङ्क्रमित भएका छन् जहाँ ६ हजार ५१ ज्नाको मृत्यु भएको छ ।
बेलायतमा सङ्क्रमितहरु २ लाख ८४ हजार हुँदा ४४ हजार १ सय ३१ जनाको मृत्यु भएको छ । इटलीमा भने ३४ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ । हाल सम्म इटलीमा २ लाख ४१ हजार १ सय ८४ जना सङ्क्रमित भएका छन् । इरानमा २ लाख ३५ हजार ४ सय २९ जना मानिसहरु सङ्क्रमित भएका छन् भने ११ हजार २ सय ६० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पनि २ लाख २५ हजार भन्दा बढि सङ्क्रमित भएका छन् भने ४ हजार ६ सय १९ जनाको मृत्यु भएको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस बिरुद्धको खोप बनाउन बैज्ञानिकहरु तल्लिन रहेका छन् ।
टर्किमा २ लाख ३ हजार मानिसमा सङ्क्रमण देखिएको छ । जर्मनीमा १ लाख ९७ हजार मानिस सङक्रमित भएका छन् भने जर्मनीमा ९ हजार ७३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमण विश्वका २ सय भन्दा बढि देशमा फैलिएको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस बिरुद्धको खोप बनाउन बैज्ञानिकहरु तल्लिन रहेका छन् । विभिन्न देश तथा बैज्ञानिकहरु सम्लग्न रहेको सस्थाहरुले कोरोना विरुद्धको औषधि पत्ता लागेको दाबी गरेका छन्, तर हाल सम्म आधिकारिक खोप भने तयार भएको छैन ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७, १५:०४