काठमाडौं । प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेता वामदेव गौतमलाई 'नयाँ पार्टी'को अध्यक्ष बन्न प्रस्ताव गएको छ । नेकपा विभाजनसम्मको आशंका भइरहेका वेलानिकट नेताहरूको तर्फबाट पार्टी विभाजन भएको अवस्थामा ‘नेकपा एमाले’को नेतृत्व गर्न भनिएको छ ।
शुक्रबार मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उहाँकै निवास भैँसेपाटीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहितको बैठक भएको थियो । शुक्रबार बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग संवाद गराएका गराउनु भएको थियो ।
जनताको बहुदलीय जनवादको नेतृत्व गर्ने गरि भावी अध्यक्ष बन्न अफर आएको नेता गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई जानकारी गराउनु भएको थियो ।
गौतमले धेरैपटक धोका पाएकाले यसपटक गल्ती नगर्ने बताउनुभएको थियो । शुक्रबार साँझ साढे ६ बजेदेखि राति साढे १ बजे गौतम निवासमा छलफल भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७, ०५:२९