काठमाडौं । यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय भएको छ ।
कक्षा ११ को परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा हुनेछ । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
शिक्षा मन्त्री अध्यक्षताको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को शुक्रबार बसेको बैठकले मुल्याँकन कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७, ११:३१