काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी तानिनु भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग निरन्तर छलफल गरेर नयाँ योजना बनाएपछि पार्टीभित्रैको अर्कोको समुह पनि राष्ट्रपतिसँगको छलफलमा निरन्तर जोडिएको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा पुग्नु भएको छ ।
बिहान ११ बजेतिर शितल निवास पुगेका पुग्नुभएका उहाँहरुले छलफल गरिरहनु भएको छ । राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन लागिएको भन्ने कुरा प्रधानमन्त्रीबाट बाहिर आएपछि त्यस विषयमा प्रष्ट पार्न उहाँहरु शीतल निवास पुग्नु भएको हो ।
प्रचण्ड नेपाल समुहले प्रधानमन्त्रीको भनाई निराधार भएको बताइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७, ११:४१