काठमाडौं । पार्टी भित्र पछिल्लो पटक देखिएको विवादमा सहमति खोज्न भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुइ अध्यक्षबीच आज भएको छलफल बिना निष्कर्ष सकिएको छ । पार्टी भित्र देखिएको समस्या समाधानको उपाय खोज्न भन्दै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भएको थियो ।
आजको छलफल हिजो अस्तिको तुलनामा केही सकारात्मक भएको तर निर्णय भने केही पनि नभएको बैठकमा सहभागि नेताहरुले बताएका छन् । दुइ अध्यक्ष बीचमा पार्टी एकता बचाउने र त्यसका लागि सहमति खोज्ने सहमति भने भएको छ । दुबै अध्यक्ष एक अर्कामा दूरी बढाउने र शंका, उपशंका निष्कने खालका गतिबिधि नगर्नेमा सहमत भएका छन् ।
अब भोली बस्ने स्थायी कमिटी बैठक अघि पुनः छलफल गरेर सहमति गरिने नेताहरुले बताएका छन् ।
अब भोली बस्ने स्थायी कमिटी बैठक अघि पुनः छलफल गरेर सहमति गरिने नेताहरुले बताएका छन् । आजको छलफलमा दुबै अध्यक्षका तर्फबाट निकटका नेताहरुको पनि सहभागिता रहेको थियो ।
ओलीको तर्फबाट नेकपाका सचिवालय सदस्य समेत रहनुभएका उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य एवम प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल छलफलमा सहभागी भएका थिए भने प्रचण्डको तर्फबाट स्थायी कमिटि सदस्य एवम उर्जा, जलस्रोत एवम सिंचाइ मन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी भएका थिए ।
यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी थिए । प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पार्टी चलाउन खाजेको भन्दै प्रचण्ड र बरिष्ठ नेता माधब कुमार नेपाल पक्षका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । उनीहरुले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि अफ्ठेरोमा पर्नुभएका अध्यक्ष ओलीले पनि आफू निकट नेताहरुसंग परामर्श गरिरहनुभएको छ ।
नेकपाका दोस्रो तहका नेताहरु सहित कार्यकर्ताले पार्टी नफुटाउन बरु आ आफ्नो व्यक्तिगत स्वास्र्थ भन्दा माथी उठ्न आग्रह गरिरहेका छन् ।
दुइ नेताको असमझदारीले पार्टी फुट्ने सम्मको स्थिति आएपछि दोस्रो तहका नेताहरु एकता नटुटाउन दौडधुप गरिरहेका छन् । नेकपाका दोस्रो तहका नेताहरु सहित कार्यकर्ताले पार्टी नफुटाउन बरु आ आफ्नो व्यक्तिगत स्वास्र्थ भन्दा माथी उठ्न आग्रह गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७, १६:४६