काठमाडौँ । वल्र्ड भिजन कोरिया र युएनओप्सको सहयोगमा सिन्धुपाल्चोकमा बनेको श्री कालिकादेवी सामुदायिक विद्यालय स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । भूकम्प–प्रतिरोधात्मक, अपाङ्गमैत्री सो विद्यालय भवनको फागुन २३ गते उद्घाटन भएको हो । २०७४ भदौ महिनामा भवन निर्माण सुरु भएको थियो ।
स्थानीय जनप्रतिनिधिहरु, समुदायका सदस्यहरु, विद्यालय परिवार, वल्र्ड भिजन, युएनओप्स, सञ्चार माध्यम र अन्य सरोकारवालाहरुको उपस्थितिमा विद्यालय भवन समुदायलाइ हस्तान्तरण गरिएको हो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक ज्यानिस गिन्टिङले अति जोखिममा रहेका बालबालिकाहरुलाई उन्नत पुननिर्माणको माध्यमद्वारा सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने उदेश्यले भवन निर्माण गरिएको र यसमा समुदायको सहयोग रहेको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५, १२:४८