काठमाडौं । पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भइरहेको स्थायी कमिटी आज फेरि स्थगित भएको छ ।
सोमबार आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २४ गतेसम्मका लागि स्थागित भएको छ ।
स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ । बैठक स्थगित गरेर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटनु भएको छ ।
बिहान साढे ९ बजेदेखि भइरहेको छलफल दिउँसो झण्डै १ बजेसम्म जारी छ । अध्यक्षद्वयको वार्तामा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७, १२:५१