काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा छलफलको नयाँ रणनीति अपनाउँदै अस्थायी ‘युद्धविराम’ गरिएको छ । दुई अध्यक्षले एकल छलफल गर्ने र आबश्यक परेमात्रै बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललाई सहभागि गराउने सहमति भएको छ । हिजो सोमबारबाट नै एकल सम्वादको पहल सुरु भएको छ ।
आज पनि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकल छलफल गर्नु हुनेछ । छलफलमा विषयको निकास झन असहज भएपछि सहयोगीलाई समेत बाहिर राखेर एक्ला एक्लै आमुने सामने बस्ने सहमति भएको छ ।
यसअघिका आपसी छलफलमा दुवैपक्षका अन्य सहयोगी नेताहरू सहभागी हुँदै आएका थिए।
दुवैपक्षले अस्थायी युद्धविराम गर्दै वार्ताको बाटो रोजेपछि पार्टी स्थायी कमिटी बैठक फेरि भोलि बुधवारसम्मको निम्ति सारिएको छ। दुई अध्यक्षको नयाँ रणनीतिक छलफलमा नेता माधवकुमार नेपाल पक्षले भने आशङ्का गरेको छ ।
प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा रहेपछि निकासका लागि अध्यक्ष प्रचण्ड नै लचक हुनुपर्ने देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७, ०६:४८