काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेकै बेला चिनियाँ राजदूतको सक्रियता पनि बढेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटे गर्नु भएको छ ।
यसअघि नेता माधवकुमार नेपालसँग भेट गरेको विषयमा राजनीतिक बजारमा बहस भइरहेको बेला आज मङगलबार बरिष्ठ नेता खनालसँग भेट गर्नुभएको छ ।
राजदूत यान्छी खनालसँग छलफल गर्न डल्लुस्थित खनाल निवास पुग्नु भएको थियो । भेटघाटलाई नियमित र समसामयीक विषय भनिएपनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको अनुमानहरु गरिएका छन् ।
राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेट गर्नु भएको थियो ।
भारतीय सञ्चार माध्यमले छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको आरोप लगाइ रहेका छन् । राजदूत होउको भूमिका र पछिल्लो भेटघाट नेपालको आन्तरिक राजनीतिक मामिलामा चीनको हस्तक्षेपका रुपमा टिप्पणी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७, १४:२८