काठमाडौं । संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरेको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको हो । समितिको सिफारिस अनुसार अब पार्टीले निर्णय गर्नेछ ।
पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई पार्टी र सांसद पदबाट हटाउन सिफारिस गरिएको हो ।
संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयक विरुद्ध गिरीले संशोधन प्रस्तावसमेत दर्ता गराउनु भएको थियो । पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएपनि उहाँले मान्नु भएन ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७, १६:०२