काठमाडौं । पत्नीको उपचारका लागि अमेरिका पुग्नु भएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो ।
अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हालेका हुन् ।
श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै प्रचण्डलाई पक्राउ गर्न माग गरेका छन् । उजुरीमा प्रचण्डलाई ‘परिचित आतंकवादी’ भनिएको छ ।
उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका दाहाल जोन हकिङ्स अस्पतालमा हुनुहुन्छ ।
उजुरी परेपनि अमेरिका सरकारले कुनै एक्सन नलिनेगरि पहिला नै सहमति भइसकेको छ । नजानुअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले नेपालका लागि अमेरिकी राजदुत याण्डी डब्लु बेरीसँग छलफल गर्नु भएको थियो । उजुरी पर्न सक्छ त्यस्तो अवस्थामा के गर्ने भन्ने विषयमा छलफल भएको थियो । राजदुतले पक्राउ नगर्ने र उजुरीमाथि कुनै एक्सन नलिने व्यवस्था मिलाउनु भएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५, ०६:४१