काठमाडौं । नेपाल कम्युनिष्ट (पार्टी) नेकपाको विवाद मत्थर हुने बाटोमा लागेको छ । दुई अध्यक्षबीच शक्ति बाँडफाँडलाई ब्यवस्थित बनाएर सहमति गर्नेगरि छलफल अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
ठोस सहमति नभएपनि छलफल सकारात्मक बाटोमा अघि बढेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । स्थायी कमिटीको आज बस्ने बैठक अघि पनि थप छलफल हुनेछ ।
दुवैले पार्टी एकीकरणका क्रममा २ जेठ ०७५ को पाँचबुँदे सहमति र ४ मंसिर ०७६ मा भएको अध्यक्षहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णयकै जगबाट समाधान खोज्ने गरी छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले गुटबन्दी गरेर हटाउन खोजेका कारण आफुले कदम चाल्नुपरेको बताउनु भएको छ ।
प्रचण्ड प्रधानमन्त्रीका पद कायम राख्दै अध्यक्षमा एकल अधिकार दिएर अगाडी बढे सहमति हुने बताइरहनु भएको छ । सहमति भइनसकेपछि पछिल्लो वार्ताबाट प्रधानमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ ।
आज स्थायी कमिटी बैठक चलाउने समझदारी पनि भएको छ । बिहान दुई अध्यक्षबीचको छलफलले नै अन्तिम टुंगो लगाउने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । दुई अध्यक्षको छलफलका कारण स्थायी कमिटी बैठक तीनपटक स्थगित भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७, ०७:१५