सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ जम्बुमा गएराति आएको बाढीपहिरोमा परी घाइते भएकाहरुको उद्धार सुरु भएको छ ।

पहिरोबाट उद्धार गरिएका स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ । अरु तीन जना घाईतेलाई पनि उद्धार गरी काठमाडौं ल्याईएको सिन्धुपाल्चोकका प्रहरी प्रमूख एसपी प्रज्वल महर्जनले घटनास्थलबाट सीआईएनलाई जानकारी दिनुभयो । बाढी र पहिरोले बाटो अबरुद्ध भएका कारण उद्धारमा कठिनाई भईरहेको उहाँले बताउनुभयो ।

बाह्रबिसेमा पहिरोमा परेर हालसम्म दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते भएका छन् । बाह्रबिसेका माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ र मिङमा तामाङ घाइते छन् । भोटेकोसीमा फुर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते छन् ।
भोटेकोसी ५ का निमदोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्पु तामाङ, साहिल तामाङ बेपत्ता छन् । बाह्रबिसेका १६ जना बेपत्ता छन् प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ रहेका छन् ।

यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । अहिले घटनास्थलमा सभामुख अग्नि प्रसाद सापकोटा सहितको टोली पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७