राकेश शर्मा, रेडियो म्याग्दी, म्याग्दी
अविरल बर्षाका कारण म्याग्दीमा २२ जना बेपत्ता भएका छन् । एक जनालाई खोलाले बगाएको छ ।
पछिल्लो जानकारी अनुसार पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन भएका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।
धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् ।
त्यस्तै मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मराङका १० जनाको मृत्यु भएको स्थानीयबासीले खबर गरेपनि प्रहरी घटना स्थलमा पुग्दै छन् ।
त्यस्तै मालिका गाउँपालिकाको ६ दुखुका ३८ बर्षीय एक महिलालाई दुखु खोलाले बगाएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।
खोला पार गर्ने बेलामा उनलाई बगाएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७