म्याग्दी । बिहीबार राति परेको लगातारको वर्षापछि झरेको पहिरोमा परी वेपत्ता भएका मध्ये १६ जनाको शव भेटिएको छ । बाँकी १७ जना अझैँ वेपत्ता रहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनज्ग कुवँरले जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिका ६ मराङका ९ जना, मालिका गाउँपालिका बिमका ४ जना र दुखु गाउँकी एक महिलासहित ५ जना अनि रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार आज शव भेटीनेको परिचय खुलेको छैन ।
मराङमा एक सुत्केरी महिलालाई ओम कुमारी शान्ति कोष र जीसी ग्रुपका अध्यक्ष नारायण जिसीको समन्वयमा हेलीमार्फत उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
उद्धारका लागि बिम पुगेको प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माका अनुसार वेपत्ता भएका ९ जना मध्ये हाल सम्म ४ जनाको शव लिकालिएको छ ।
धवलागिरीको मराङमा हेलीमार्फत उद्धार टोली पुगिसकेको छ ।
हिजो वेपत्ताको उद्धारका लागि आएको नेपाली सेनाको पिश्चम पृतना हेडक्वाटर बिजयपुर ब्यारेकबाट उपरथी गोकुल भण्डारीसहित एम आई १७ को हेलिकप्टर आए पनि प्रतिकुल मौसमका कारण उद्धार नगरि फर्किएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७, १२:२२