काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना सङ्क्रमण देखिएको छ । दुवैलाई गएराति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।
७७ वर्षीय बच्चन आफैँले ट्विटमार्फत त्यसबारे जानकारी दिनु भएको छ । उहाँले भन्नुभएको छ ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । ’
अभिषेक बच्चनलाई पनि कारोना सङ्क्रमण भएको छ । बच्चन बाबुछोरालाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन भएको छैन ।
अभिताभ पछिल्ला दिनमा सोनी टेलिभिजनबाट प्रसारण हुने ‘कौन बनेगा करोडपति’को १२औँ अडिसनको तयारीमा रहनु भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २८, २०७७