काठमाडौं । लगातारको वर्षापछि झरेको पहिरो, बाढी र डुवानमा परी बितेको ३ दिनमा मुलुकका बिभिन्न स्थानमा गरी ५५ जनाको मृत्यु भएको छ । म्याग्दी, सिन्धुपाल्चोक, जाजरकोट लगायतका जिल्लामा प्राकृतिक विपत्तिका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । माग्दीमा २७, कास्कीमा ७, लम्जुङमा तीन जनाको मृत्यु भएको छ । ती सबै ठाउँमा झण्डै हजार जना विस्थावित भएका छन् ।
कर्णाली प्रदेशमा १२ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेशमा तीनजनाको मृत्यु भएको छ । २० जना अझै वेपत्ता छन् ।
वेपत्ताको खोजी गर्ने काम भइरहेको छ । बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी विगत एक महिनायता ८८ जनाको मृत्यु भएको छ ।
बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३२ जना बेपत्ता रहेका छन् । जेठ ३० गतेदेखि आजसम्म विभिन्न १९ जिल्लामा बाढी र पहिरोमा परी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार विस्थावित भएकाहरुको पुनःस्थापनामा तीनै तहका सरकारले पहल भइरहेको छ ।
तराईका जिल्लामा बाढी बस्तिमा पस्न थालेको छ । दर्जनौ गाउँ डुवानको जोखिममा परेका छन् । भने कयौ बस्ति डुविसकेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७