पर्वत ।
तनहुँमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । अरू ९ जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै जिल्लाको ऋषिङ गाउँपालिका– ८ भैँसीकिलेमा गएराती साढे १२ बजे पहिरो गएको हो ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार पहिरोमा बेपत्ता भएका २८ वर्षिय भेषबहादुर थापाको शव फेला परेको छ ।
श्रेष्ठका अनुसार पहिरोमा १८ वर्षका मनिसरा थापा, २० वर्षका महादेव थापा, ६ वर्षका अमिसा थापा र २८ वर्षका भिमबहादुर थापा पुरिएका छन् ।
१७ वर्षकी ज्योतीमाया थापालाई उद्धार गरि उपचारका लागि भिमाद अस्पताल पठाइएको छ । अहिले पहिरो गएको क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यस्तै, तनहुँको व्यास नगरपालिकामा पहिरोले घर पुरेर हराइरहेका ६ जनामध्ये एकजनाको शव फेला परेको छ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेका अनुसार एक जनाको शव फेला परेको भएपनि शवको पहिचान हुन सकेको छैन । नगरपालिकाको वडा नम्बर ९ का ५ जना पहिरोमा हराईरहेका हुन् ।
कलेस्तीखोला, बुल्दीखोला र साँगे खोलाले वारीपारी गर्न नै समस्या भएकाले उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन । वर्षा भइरहेको र खोला बढ्दै गएकाले थप क्षती हुने संभावना रहेको न्यौपानेले जानकारी दिनुभयो ।
तनहुँकै म्याग्दे गाउँपालिकामा १७ वर्षिय लक्ष्मी विकको मृत्यु भएको तनहुँका प्रहरी नायव उपरिक्षक यूवराज तिमिल्सीनाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७, १०:०९