काठमाडौं । लगातारको बर्षाका कारण ७ सय ४ घर कुनै पनि बेला पहिरोले पुरिन सक्ने देखिएको छ । पहिरोको जोखिममा रहेका ती परिवारलाई जतिसक्दो छिटो सार्नुपर्ने सरकारले जानकारी दिएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले १४ जिल्लाका ११ हजार घर परिवार पहिरोको उच्च जोखिममा रहेको जानारी दिनुभयो ।
तीमध्ये ७ सय ४ घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनु भएको हो । बाढी र पहिरोमा परेर सोमबार आज बिहानसम्म ८५ जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
समितिले आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरण, गृहमन्त्रालयलाई बोलाएर बाढी, पहिरोको अवस्था र त्यसको तयारीका विषयमा छलफल गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७