काठमाडौं । आज आइतवार विश्वभरि सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमीत देखिएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आज २ लाख ३० हजार भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो अहिलेसम्म २४ घण्टामा पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।
अधिकांश सङ्क्रमितहरू अमेरिकी महादेशका राष्ट्रहरूमा फेला परेका हुन्। अमेरिकी महादेशहरूमा आज एकै दिन १ लाख ४२ हजार ९ सय ९२ जना सङ्क्रमितहरू फेला परेका छन्।
२४ घण्टामा विश्वभरि ५,२८५ जनाको कोभिड १९ का कारण मृत्यु भएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७