काठमाडौं । विश्वमै तेस्रो बढी प्रभावित भएको भारतमा मुम्बइ उच्च प्रभावित क्षेत्र हो। तर, मंगलबार त्यहाँ एक सय वर्षीय बृद्धले सङ्क्रमण जितेका छन्। सय वर्षीय बृद्ध अर्जुन गोविन्द नारिनग्रेकर संक्रमणबाट निको भएका छन्।
उहाँलाई मंगलबार डिस्चार्ज समेत गरिएको छ। तर, संयोग संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकै बेला उहाँको जन्मदिन परेको थियो।
शताब्दी पुरुष ती संक्रमितको अस्पतालमै स्वास्थ्यकर्मीसँग जन्मदिन मनाइएको थियो। गएको १ जुलाईमा सङ्क्रमण पुष्टि भएका ती शताब्दी पुरुष १५ दिन अस्पताल बस्नु भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७, ०८:०२