काठमाडौं । नेपाल सरकारले आर्थिक बर्ष २०७७ /७८ को लागि एफएम रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिएको छ । नेपाल रापपत्रमा सूचना प्रकाशित गरि सरकारले एफएम रेडियो तथा टेलिभिजनको इजाजत पत्र नबिकरणमा शत प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।
रोयल्टीमा पनि आंशिक छुट दिइएको छ । अब एक प्रतिशत मात्रै लाग्ने पनि उल्लेख गरिएको छ । त्यस्तै लामो समयदेखि नबिकरण नगरेका रेडियोलाई थप दस्तुर तिरेर पुष मसान्त भित्र नबिकरण गर्न आग्रह गरिएको छ ।
सामुदायिक रेडियो प्रशारक संघ( अकोराब) नेपालले लामो समयदेखि सरकारसँग इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट गराउन पहल गरिरहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७, ०७:२५