काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद समाधान गर्ने सुत्र फेला पर्न सकेको छैन । दुवैपक्ष आफ्नै अडानमा कायम रहेपछि विवाद झन बल्झिन थालेको छ ।
आज विवाद समाधानका लागि बालुवाटारमा भएको दुई अध्यक्ष र वरिष्ठ नेताबीचको छलफलले पनि निस्कर्ष निकाल्न सकेन । दुवै पक्षले आ–आफ्नो अडान राखेका छन् । तीन नेताबीच करिब साढे दुई घन्टा छलफल भएको थियो ।
छलफलमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनुपर्ने अडान कायम राख्नु भएको र ओलीले राजीनामा वाहेकमा सहमति खोज्नुपर्ने बताएकाले कुरा मिल्न नसकेको निकटका नेताहरुले बताएका छन् ।
ओलीले दुवै पद छाड्न तयार हुनुहुन्न । दुई अध्यक्षबीच पटक–पटक भएको वार्तामा कुरा नमिलेको र नेपालपक्ष असन्तुष्ट देखिएकाले आज त्रिपक्षीय वार्ता भएको थियो ।
नेपाल पोखरेल छुट्टै छलफल
वरिष्ठ नेता माधव नेपाल र सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल छुट्टै छलफल भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा विवाद समाधानको उपायका विषयमा कुराकानी भएको छ । ओलीसँगै रहनु भएका पोखरेलले विवादका विषयमा बाहिरि रुपमा केही बोल्नु भएको छन् । नेपाल पोखरेलले 'क्याम्प' परिवर्तन गर्न लागेको समेत आन्तरिक रुपमा छलफल हुन थालेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७, १६:०७