काठमाडौँ । नेपालमा नोबेल कोरोना भइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको जम्मा सङ्ख्या ४० पुगेको हो ।
अस्पतालमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ का ७३ वर्षीय वृद्धको हिजो मृत्यु भएको हो । प्रदेश १ मा कोरोना सङ्क्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
अस्ति बुधबार अस्पताल भर्ना गरिएका वृद्धको मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचार भइरहेको थियो । उनको अस्ति नै स्वाब सङ्कलन गरिकोमा हिजो कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
लगत्तै उनलाई आइसोलेसनमा भर्ना गरिए पनि उपचारका क्रममा हिजो नै मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७, १०:३४