काठमाडौं । विवादका कारण पटक पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि दुईदिन पर सरको छ । शीर्ष नेताले छलफल गरेर विवाद मिलाउने नाममा फेरि बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको छ ।
बैठक विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको परामर्शले बैठक फेरि दुईदिन पर सारिएको छ ।
बिहान अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि बैठक दिउँसोका लागि सारिएको थियो ।
विवाद समाधानका लागि निकास खोज्ने अन्तिमम्मको प्रयास पनि असफल भएपछि ओली र प्रचण्ड–नेपाल समूहले आआफ्नो रणनीति बनाएका छन् ।
हिजो राति अवेरसम्म बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएका छन् । असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन ।
दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
हिजो बालुवाटारमा भएको अध्यक्ष द्वय ओली र प्रचण्ड अनि वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा कुनै सहमति नभए पनि आजका लागि बोलाइएको स्थायी ममिटिको बैठक नरोक्ने सहमति भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७, १३:११