काठमाडौं । नेकपामा सहमतिले नयाँ मोड लिएसँगै नेता माधवकुमार नेपाल दुई अध्यक्ष विरुद्ध देशब्यापी अभियानमा जाने तयारी गर्नुभएको छ । उहाँले दुई अध्यक्षले सहमति गर्ने वित्तिकै सबै कुरा मिल्ने भन्ने भ्रमबाट मुक्त हुन पनि भन्नु भएको छ ।
हिजो नेकपाको सचिवालय बैठकमा दुई अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेसन गर्ने प्रस्ताव गर्नु भएको थियो । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाउनु यो ।
नाटकीय रुपमा नयाँ प्रस्ताव अगाडि सारेको भन्दै नेपालले असन्तुष्टि जनाउनु भयो । नेपालले बैठकमा भन्नुभयो, ‘महाधिवेशन मंसिरमै कसरी सम्भव हुन्छ ? यति छिटै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने हो भने बैठकबाट, अरू फोरम वा राष्ट्रिय सम्मेलनबाट किन नगर्ने ? अहिलेको सवाल नेतृत्वमा व्यक्ति परिवर्तनको मात्रै होइन, पार्टीलाई, सरकारलाई कसरी विधि र प्रक्रियामा चलाउने भन्ने हो । दुई अध्यक्ष मिल्नेबित्तिकै सबै मिलिहाल्छ भन्ने भ्रमबाट मुक्त हुनुस्, म मान्नेवाला छैन ।’
उहाँले स्थायी कमिटी बैठक बोलाउन पनि प्रस्ताव गर्नु भएको छ । ‘आइतबार स्थायी समिति बोलाइयोस्, त्यहाँ पनि छलफल होस् , नेपालले भन्नुभयो, ‘होइन, तपाईंहरू मात्रै मिल्दा सबै कुरा हुने हो भने म पनि देशव्यापी अभियानमा जाने कुरामा सोच्दै छु । ’
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७