पर्वत ।
पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङका पहिरो पीडितलाई १० लाख १९ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
पहिरोबाट ज्यान गुमाएका ९ जनाका परिवार र पहिरोबाट घरवारविहिन भएका ६ परिवारलाई पर्वत समाज अमेरिकाको तर्फबाट प्राप्त रकम हिजो (शनिवार) हस्तान्तरण गरिएको हो ।
पहिरोमा परि ज्यान गुमाएका ९ जनाका परिवारलाई जनही ७० हजारको दरले ६ लाख ३० हजार र घरवारविहिन ६ जना परिवारलाई जनही ६५ हजारका दरले ३ लाख ६० हजार रुपैयाँ सहयोग प्रदान गरिएको स्थानीय प्रितम गुरुङले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रवासीहरूको तर्फबाट प्राप्त रकम पीडित परिवारलाई वितरण गरिएको बताउनुभयो । पहिरोले पु¥याएको मानवीय क्षती र विस्थापितहरूलाई अमेरिकामा रहेका ९३ जनाले उक्त रकम सहयोग गरि गाउँसम्म ल्याएका हुन् ।
रकम वितरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पीडितहरूलाई परेको समस्यालाई मध्येनजर गर्दै प्रवासी नेपालीहरुले गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो ।
दुर्लुङबासीले सामूहिक रुपमा पहिरोमा ज्यान गुमाएका द्रिपा थापा र विवेक थापाको स्मृतिमा स्थापना गरेको अक्षयकोषका संयोजक प्रभु गुरुङले अक्षयकोषमा अहिलेसम्म ९ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भइसकेको जानकारी दिनुभयो ।
उहाँले संस्थापक सदस्य दुईसय जना पु¥याउने चरणमा रहेको बताउनुभएको थियो ।
जेठ ३१ गते पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको थियो भने ६ परिवार विस्थापित भएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७, ०६:५०