सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११, जरायोटारका स्थानीयले टहरोमा जीवन बिताउन थालेको ४ वर्ष बित्यो । सरकारले अनुदान नदिएर वा घर बनाउनै नसक्ने अवस्था भएर यहाँको नागरिक टहरामा बसेका होईनन् । एकिकृत वस्ती बनाउने सपना सफल बनाउन यहाँको स्थानीय लागि परेका हुन् ।
गोरखा भूकम्प २०७२ पछि पूर्वाधारयुक्त एकिकृत बस्ती सरकारको प्राथमिकतामा छ । तर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका जरायोटारका नागरिकले भने चार वर्षदेखि एकिकृत वस्ती बनाउने सपना पूरा गर्न सकेका छैनन् ।
गोरखा भूकम्प २०७२ पछि पूर्वाधारयुक्त एकिकृत बस्ती सरकारको प्राथमिकतामा छ । तर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका जरायोटारका नागरिकले भने चार वर्षदेखि एकिकृत वस्ती बनाउने सपना पूरा गर्न सकेका छैनन् ।
६१ वर्षका मनमाया धिताल राम्रो एकिकृत वस्ती बन्ने आशामा चार वर्षसम्म कुरेर बसेको बताउनु हुन्छ । मनमायाले भन्नुभयो, ‘जस्ताको टहरा छ । बस्न अप्ठ्यारो हुन्छ । चिसोले गर्दा खोकी लाग्ने, जिउ दुख्ने भइरहन्छ ।’ जस्तै अप्ठ्यारो व्यहोर्नु परेपनि एकिकृत वस्तीमा बस्ने धोको यो गाउँका ६२ घरका नागरिकको छ ।
एकिकृत वस्ती बनाएर पर्यटकहरुलाई आकर्षित गर्ने र आफ्नो आयआर्जन बढाउने सपना पनि स्थानीयको छ । यो वस्तीबाट जुगल हिमाल र दोर्जे लाक्पा हिमाल देखिन्छ । स्थानीय शर्मिला धिताल भन्नुहुन्छ ‘बाँदरले गर्दा अन्नबाली सखाप हुन्छ, अब भने हामी हाम्रो ठाउँबाट देखिने रमणिय दृश्यबाट पर्यटकलाई आकर्षित गर्ने र यसैबाट फाइदा लिने सोंचमा छौं ।’
उहाँले अगाडी थप्नुभयो, ‘घर मात्र बनाएर हुँदैन । घरसँगै आयआर्जनका स्रोत विकास गर्नु पनि महत्वपूर्ण कुरा हो । सुत्नलाई राम्रो बाससँगै गाई फार्म खोल्ने, अर्गानिक तरकारी उत्पादन गर्ने सोंच बनाएका छौँ । गाउँलाई आयआर्जनयुक्त एकिकृत वस्ती भएको हेर्ने धोको छ ।’
भूकम्प जाने बित्तिकै यहाँका स्थानीयले एकिकृत वस्ती बनाउने निर्णय गरे । सरकारले दिएको अनुदानबाट डिपिसी गरे भने बाँकी कामको लागि स्थानीय र सरोकारवालाबिच छलफल भइरहेको छ ।
भूकम्प जाने बित्तिकै यहाँका स्थानीयले एकिकृत वस्ती बनाउने निर्णय गरे । सरकारले दिएको अनुदानबाट डिपिसी गरे भने बाँकी कामको लागि स्थानीय र सरोकारवालाबिच छलफल भइरहेको छ । यहाँका अधिकांश नागरिक खेतीपाती र दुग्ध व्यवसाय गर्छन् । एकिकृत वस्ती निर्माणले आफ्नो पुस्तालाई मात्र नभई आउने पुस्तालाई पनि राम्रो हुने विश्वास जरायोटारबासीको छ ।
जसरी पनि एकिकृत वस्ती बनाउने धोको बोकेका यहाँको नागरिकको एकिकृृत वस्ती मोह अच्चमैको छ । हुन त बन्न लागेका घरहरु एउटै साईजका छैनन् । आ–आफ्नो जग्गामा जस्तो पाएक पर्यो त्यसरी नै घर बनाएर वस्ती बनाउने सोचमा उनीहरु छन् । एकिकृत वस्ती निर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले पनि स्वीकृति दिइसकेको छ ।
एकिकृत वस्ती निर्माण कार्यविधी अनुसार १० भन्दा बढि घर रहेको ठाउँमा एकिकृत वस्ती निर्माण गर्न सकिन्छ ।
एकिकृत वस्ती निर्माण कार्यविधी अनुसार १० भन्दा बढि घर रहेको ठाउँमा एकिकृत वस्ती निर्माण गर्न सकिन्छ । पुर्ननिर्माण प्राधिकरणका अनुसार भूकम्प प्रभावित क्षेत्रका ३७ घर परिवारले एकिकृत वस्ती निर्माणको लागि अनुमति माग गरेका छन् ।
एकिकृत वस्ती निर्माण गर्न चाहाने भूकम्प प्रभावितले सरकारले दिने अनुदान रकमसहित थप रकम पाउने व्यवस्था छ । पुनर्निर्माण प्राधिकरणका सहसचिव मनोहर घिमिरेका अनुसार तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमाली क्षेत्रमा भौतिक पुर्वाधार निर्माणको लागि ५ लाख रकम दिने व्यवस्था छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५