काठमाडौं । सरकराले कोरोनामुक्त हुने दर ७० दशमलव ३९ प्रतिशत रहेको बताए समुदायस्तरमा नै कोरोना फैलिन थालेको छ । पर्सामा समुदायमा नै सङ्क्रमण देखिएको छ । आफ्नै खर्चमा कोरोना भाइरसको परीक्षण गराउन पुगेकाहरुकाहरुमा कोरोना सङ्क्रमण देखिन थालेका छ । पनि दैनिक भइरहेको मृत्यु र सङ्क्रमणको गतिले शहरमा थप जोखिम बढाएको एको विज्ञहरूले बताउन थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ जिल्ला कोरोनामुक्त भएका छन् । थप एकजना मृत्यु भएसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको हालसम्मको सङ्ख्या भने ४३ पुगेको छ । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा देशभरिमा एक सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व घरमै बसेर मनाउन पनि सबैलाई आग्रह गरेको छ ।
बन्दाबन्दी खुले पनि सङ्क्रमण नघटेको भन्दै मन्त्रालयका प्रवक्ता गौतमले, चाडपर्वको समय शुरु भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।
मधुमेह, दम, श्वासप्रश्वास, मुटु, मिर्गौला लगायत विभिन्न दीर्घ रोग भएका बिरामी कोरोनाको बढी जोखिममा हुने भएकाले उनीहरुको विषेश हेरचाह गर्न पनि सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।
वीरगञ्जमा समुदायमा कोरोना सङ्क्रमण
अव्यावहारिक नीतिले पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको समुदायमा कोरोना सङ्क्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । वीरगन्जवासीले आफैं पैसा तिरेर पीसीआर विधिबाट कोरोना परीक्षण गरेपछि समुदायस्तरमै कोरोना फैलिइसकेको अवस्था देखिएको हो ।
नारायणी अस्पतालको विवरणअनुसार हिजोसम्म एक सय ८८ जनाले पैसा तिरेर स्वाब परीक्षण गराएका छन् ।
जसमध्ये २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अधिकांश सङ्क्रमितमा लक्षण पनि देखिएको चिकित्सकले बताएका छन् । सङ्क्रमित हुनेहरुमा उद्योगका कर्मचारी, कामदार, चिकित्सक, विद्यार्थी, अस्पतलामा भर्ना भएका विरामी लगायत रहेका छन् ।
वीरगन्ज महानगरपालिकाका प्रमूख विजयकुमार सरावगीले राज्यको गलत नीतिका कारण वीरगन्जमा समुदायमा कोरोना फैलिएको बताउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७, ०६:१३