अन्तरपार्टी महिला सञ्जालले पूर्व डि आई जी रञ्जन कोइरालालाइ जेलबाट छुटाउने गरि अदालतले गरेको फैसलाले न्यायालयको विश्वासनियतामा गंभिर प्रश्न चिन्ह खडा गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । अन्तरपार्टी महिला सञ्जालले गृहमन्त्री रामबहादुर थापालाइ ध्यानाकर्षण पत्र बुझाउदै यसले कानुनी राज्यको खिल्ली उडाएको बताएको छ ।
सर्वाेच्चको संयुक्त इजलासले अपराधी रन्जन कोइरालाको “आवेशमा भएको घटना” र “वालवच्चाको पालन, पोषण र अभिभावकत्व ग्रहण गर्नु पर्ने” जस्ता कारण देखाएर जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना कैद सजाय तोकिनुनले आम जनता र मुख्यः गरि महिला समुदायलाई आश्चर्य चकित बनाएको छ, अन्तरपार्टी महिला सञ्जालले गराएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस्तै सञ्जालले कोरोना भाइरस रोकथामका लागि बनाईएका क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा महिलाहरु माथी भएका हिंसाका घटना प्रति पनि ध्यानाकर्षण गराएको छ । देश भर महिला हिंसा, बलात्कारका घटनाहरु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसमा गम्भिर हुन आग्रह गरेको अध्यक्ष साबित्रा भूसालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७, १९:४९