काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र साम्य हुन खोजेको विवाद फेरि चर्किएको छ। शीर्ष तहका नेताहरु नै सार्वजनिम रुपमा नै आरोप प्रत्यारोप उत्रिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नोपालले प्रधानमन्त्री लक्षित गरि सार्वजनिक रुपमा नै आरोप लगाउनु थाल्नु भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन्। शीर्ष नेताहरुबीचको अभिव्यक्तिले पार्टी र सरकारबीचको सम्बन्ध नै संकटमा परेको देखिएको छ ।
निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री ओली समेतको सक्रियता र पहलमा दर्ता भएको प्रचण्डको आरोप छ। शीर्ष नेताहरु नै तल्लो तहका नेताको हैसियतमा सार्वजनिक हमलामा उत्रेपछि सङ्कटले नयाँ मोड लिएको देखिएको थियो।
विवादकाबीच साउन १३ गते बस्ने स्थायी कमिटी बैठक पेचेलिलो बन्नने देखिएको छ । त्यो बैठकमा जनताको बहुदलिय जनवादसहितको सिद्धान्तको बहस पनि हुने देखिएको छ । एक स्थायी कमिटीका सदस्यका अनुसार अब विवाद समाधान हुने सम्भावना झन टाढा पुगेको छ ।
स्थायी समिति वा केन्द्रीय समिति जहाँबाट भए पनि प्रक्रियागत रूपमा अघि बढेमा बहुमतको आधारमा निर्णय गर्नुपर्ने अवस्था आउने देखिन्छ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७, ०६:४२