काठमाडौं । नेपाली काङ्ग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहितका नेतालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।
०७४ सालमा भएको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै भीष्मराज आङदेम्बे नेतृत्वको अनुशासन समितिले तनहुँका गोविन्दराज जोशी, कैलालीका पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो ।
डडेल्धुराका काङ्ग्रेस सचिव रामबहादुर विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासन गरेको अनुशासन समितिले जनाएको छ । नेता जोशीले तनहुँ– १ बाट नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिनु भएको थियो ।
तर, सर्वोच्च अदालतमा जोशीविरुद्धको मुद्दा विचाराधीन रहेकोले निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो ।
त्यस्तै, कैलालीमा कारबाही गरिएका ओझाले काङ्ग्रेसका उम्मेदवार आरजु देउवालाई हराउन अन्तर्घात गरेको उजुरी परेको थियो । ओझा पूर्वराज्यमन्त्रीसमेत हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७, ०७:२२