रेडियोको नियमित ड्युटी सकेर घर खाना खान गएको थिएँ । मेरो मोबाइल बज्यो ।
मोबाइलको घण्टी बजाइदिनेले मलाई एउटा सूचना पनि दिए । सूचना यो थियो कि हाम्रै रेडियो रहेको बाँसगढीमा एक जना महिलामाथि हिंसा भइरहेको छ र उनी सहयोग खोजिरहेकी छिन् ।
रेडियो पुगेर मैले सूचना दिनेले दिएको नम्बरमा फोन गरे । एक जना महिलाले निक्कै हतास भावमा फोन उठाइन् । मैले आफ्नो परिचय दिएपछि उनी खुलिन् ।
कुराकानीको सुरुवातीमै उनले भनिन् “अब म यो घरमा बस्दिन । यहाँ बस्यो भने मलाई मार्छन् ।” म मर्छु भन्नेसम्मको डर रहेछ भने पक्कै यातना भोगेको हुनुपर्छ यी महिलाले भन्ने लाग्यो र मैले केही कुरा सोधेँ ।
दैलेख माईती भएकी उनको ४ वर्षअघि बाँसगढी नगरपालिका ४ का एक युवकसँग प्रेम विवाह भएको रहेछ । विवाह भएको केही समयपछि उनका श्रीमान र परिवारका सदस्यले दाइजोको निहुमा कुटपिट र गालीगलौज गर्न थाले ।
एक वर्षपछि उनकी छोरी जन्मिइन् । छोरी जन्मिएपछि यातनाको मात्रा झनै बढेर गयो ।
यातनाको नियमित सिलसिला चलिरहेको थियो । कोरोना भाइरसका कारण लकडाउन भएपछि पोखरामा प्यारागलाईडीङ गर्ने श्रीमानसँगै घर फर्केपछि झनै उनले पाउने यातना बढेको थियो ।
सासूससुरा, श्रीमानले बारम्बार कुटपिट गर्दा पेटमा रहेको तीन महिनाको बच्चा खेर गयो । यो कुरा थाहा पाएपछि इलाका प्रहरी कार्यालय मोतिपुरले उनका श्रीमानलाई चौकीमा बोलाएर सामान्य सोधपुछ गरेर छोडिदियो ।
यसपछि पनि उनीमाथि हिंसाको सिलसिला रोकिएन । स्वास्थ्य अवस्था बिग्रदै थियो । यस्तैमा म सम्पर्कमा आएको थिएँ ।
उनको सबै कुरा थाहा पाएपछि मैले सुरुमा बाँसगढी नगरपालिका वडा नं ४ का वडा अध्यक्षलाई उनको अवस्था बारेमा जानकारी गराएँ ।
अहिले उनी सुर्खेत आफ्नो दिदीको घरमा गएर न्यायका लागि लड्दैछिन् । उनी लड्न सक्ने हालतमा पुगेकी छिन् । स्वास्थ्यमा सुधार हुँदैछ । सुरक्षित ठाउँमा पुगेकी छिन् ।
वडाबाट खास्सै केही भएन । मैले महिला तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाका व्यक्तिहरूलाई पनि जानकारी दिएँ र उनको उद्धार गरिदिन आग्रह गरे ।
गुलरियास्थित महिला पुर्नस्थापना केन्द्र गुलरियाले उनका लागि एउटा रिक्सा पठाइदियो र उद्धार भयो । गुलरिया पुगेपछि उनको स्वास्थ्य जाँच गरियो, मनोपरामर्श दिइयो । त्यहाँको सेफ हाउसमा १५/१६ दिन बसिन् ।
अहिले उनी सुर्खेत आफ्नो दिदीको घरमा गएर न्यायका लागि लड्दैछिन् । उनी लड्न सक्ने हालतमा पुगेकी छिन् । स्वास्थ्यमा सुधार हुँदैछ । सुरक्षित ठाउँमा पुगेकी छिन् ।
यस्सो सोच्छु, उनको उद्धारको लागि मैले केही नगरेको भए ? आफूले चिनेजानेका जनप्रतिनिधि र संघसंस्थालाई उनको उद्धारका लागि आग्रह नगरेको भए ? कुनै संस्थाले उनको उद्धार नगरेको भए ?
के साँच्चै उनी उनले भने जस्तै मारिनु त पर्दैनथ्यो ? के उनको स्वास्थ्य अवस्था अझै बिग्रिन्थ्यो ? के उनी सुरक्षित ठाउँमा पुग्न सक्थिन् ? सायद सक्दैन थिईन् कि ? सायद अझै यातना पो खपिरहनु परेको हुन्थ्यो कि ?
मैले सानो प्रयास गरेँ र उनलाई अझै यातना भोग्नबाट बचाएँ । उनी पनि यही भन्छिन् फोनमा कुरा हुँदा । अबको मेरो अपेक्षा उनलाई न्याय दिलाउने हो । यसैको लागि म निरन्तर लागि परेको छु ।
मैले मेरो तर्फबाट गर्न सक्ने सानो प्रयास गरे जस्तै आफ्नो ठाउँबाट अरु विभिन्न व्यक्ति, संघसंस्था र स्थानीय तहले पनि गरून् र उनले न्याय पाउन् भन्ने हो । आखिर यस्ता महिला हिंसा रोक्न सबैको जिम्मेवार र दायित्व पनि त हो ।
जङ्गलमा रहँदा बस्दा उहाँले एक दिन खाएको खानाको भरमा हप्ता दिनसम्म बाँच्न सिक्नुभयो । अहिले कहिले छरछिमेकीले खुवाउँछन् । कहिले कसैले दया गरेर केही पैसा दिन्छन् र भट्टराई किनेर खानुहुन्छ ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ९ को जनता नगर चोकमा उमाकान्त भट्टराई (४५) को घुम्ती पसल छ । केही वर्षअघि केही व्यक्तिको सहयोगमा सामान राखेर व्यापार गर्न खोजे पनि उनको दृष्टिले साथ दिएन ।
त्यसपछि दृष्टिविहीन भट्टराईले घुम्ती पसललाई पसल हैन घर, आँगन र संसार बनाउनुभयो । उहाँका लागि घुम्ती पसल हैन घुम्ती घर बनेको छ । घुम्ती घर बाहेक भट्टराईका परिवार, आफन्त, श्रीसम्पत्ति अरु थोक केही छैन ।
लगातारको वर्षाले केही दिनअघि उनको घुम्ती पसल डुबानमा पर्यो । उहाँले वडा र गाउँपालिकाका जनप्रतिनिधिसम्मकुरा पु¥याउने कोसिस गरे पनि सक्नुभएन ।
छिमेकीसँग सहयोग माग्नुभयो, घुम्ती पसल कहाँ सारिदिने छिमेकीहरूले केही भेउ पाएनन् । त्यसपछि उहाँले मलाई सम्झिनुभएछ । करिब डेढ वर्षअघि मैले उहाँको कुरा रेडियोमार्फत जनप्रतिनिधिसम्म पुर्याएको थिएँ र त्यसपछि उहाँले राहतस्वरुप १० हजार रुपैयाँ, कम्बल लगायतका सामाग्री प्राप्त गर्नुभयो ।
भट्टराईले फोन गरेपछि मैले गाँउपालिकाका वडाध्यक्ष र गाउँपालिका उपाध्यक्षलाई उहाँको अवस्थाको बारेमा जानकारी गराएँ र घुम्ती पसल सारिदिन आग्रह गरेँ ।
मेरो आग्रह पूरा नहुँदासम्म मैले आग्रह गरिरहेँ र किन समस्या समाधान हुन सकिरहेको छैन भनेर लगातार प्रश्न पनि गरेँ । दुईतीन दिनपछि वडा अध्यक्षको नेतृत्व र भट्टराईका छिमेकिहरूको सक्रियतामा घुम्ती पसलनजिकै डुबान नहुने सुरक्षित सरकारी जग्गामा सारिएको छ ।
भट्टराईका लागि खाना पकाउन सानो कटेरो पनि बनाइएको छ । अहिले उहाँ खुसीका साथ बस्दै आउनुभएको छ ।
सामाजिक सुरक्षा भत्ता पाएपछि आफूलाई खान, लगाउन, औषधिमुलो गर्न सजिलो भएको उहाँको भनाइ छ । यो पटक मैले आफ्नो ठाउँबाट, आफ्नो सञ्चारकर्मबाट गर्न सक्ने गरेँ र उहाँको घुम्ती घरलाई सुरक्षित ठाउँमा सार्न सघाएँ ।
पर्वत जिल्लामा जन्मिएका उमाकान्त भट्टराईको परिवार बसाईसराई गरेर नवलपरासी आयो । बाबुआमा र तीन भाइ छोरा रहेको परिवारका उहाँ माइला छोरा हुनुहुन्छ । परिवार थियो । खेतीपाती थियो ।
सबै ठीकठाक थियो । २०४७ सालमा कक्षा १० को टेस्ट परीक्षा दिएपछि उहाँ बिरामी पर्नुभयो । उपचार पाउन सक्नुभएन । आँखाको ज्योति गुमाउनुपर्यो ।
केही वर्षमा बाबुआमा गुमाएपछि बाँकी भएको परिवार आफ्नो नरहेको उहाँ बताउनुहुन्छ । आफन्त खोज्दै उहाँ मामाघर बर्दिया पुग्नुभयो । मामाघरमा रहँदा बस्दा मामाघरको लागि आफू नै बोझ लाग्न थालेपछी नजिकैको जंगलमा ४/५ वर्ष बिताउनुभयो ।
जङ्गलमा रहँदा बस्दा उहाँले एक दिन खाएको खानाको भरमा हप्ता दिनसम्म बाँच्न सिक्नुभयो । अहिले कहिले छरछिमेकीले खुवाउँछन् । कहिले कसैले दया गरेर केही पैसा दिन्छन् र भट्टराई किनेर खानुहुन्छ । अरुकै दया र सहानुभूतिमा जीवन चलेको छ । तर, अहिलेसम्म कसैसँग मागेर खानु नपरेको उहाँ बताउनुहुन्छ ।
डेढ वर्षअघि मैले लेखेको समाचारको प्रभाव र पहलले गर्दा भट्टराईले सामाजिक सुरक्षा वापत महिनामा १६ सय रुपैयाँ पाइरहनुभएको छ ।
सामाजिक सुरक्षा भत्ता पाएपछि आफूलाई खान, लगाउन, औषधिमुलो गर्न सजिलो भएको उहाँको भनाइ छ । यो पटक मैले आफ्नो ठाउँबाट, आफ्नो सञ्चारकर्मबाट गर्न सक्ने गरेँ र उहाँको घुम्ती घरलाई सुरक्षित ठाउँमा सार्न सघाएँ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७