काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको नेताहरुको मनमुटाव चरम विवादमा छताछुल्ल पोखिएको छ । दुईहध्यक्षबीच बैठक रोक्ने र अगाडी बढाउने विषयमा पहिलो पटक नयाँ कदम देखिएपछि पार्टीभित्रको विभाजनको रेखा गाढा हुन थालेको छ ।
ओली कुनैपनि अवस्थामा नझुक्ने अडानमा उभिएपछि अध्यक्ष प्रचण्ड र नेपालपक्षले ओलीको कोर्टमा फालेको बल यतैतिर फर्किएको छ । प्रचण्डका अगाडी अब सम्झौता गरेर ‘पछि हट्ने कि विभाजन रोज्ने’ भन्ने विषय आइपुगेको छ ।
दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गर्नु भएको छ । अर्का अध्यक्षले एक पक्षीय बैठक गरेर विधी अनुसार चल्न उनै अध्यक्षलाई निर्देशन दिनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट स्थायी समितिको बैठक स्थगित भएको सूचना जारी भएपछि अर्का अध्यक्ष प्रचण्डले बरिष्ष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहितको बैठक गर्नु भएको छ । त्यही बैठकले पार्टी दुई चिरामा विधीवत रुपमा उभिएको देखिएको छ ।
प्रधानमन्त्री ओली कुनैपनि अवस्थामा नझुक्ने अडानमा उभिएपछि हिजो अध्यक्ष प्रचण्ड र नेपालपक्षले ओलीको कोर्टमा फालेको बल यतैतिर फर्किएको छ । प्रचण्डका अगाडी अब सम्झौता गरेर ‘पछि हट्ने कि विभाजन रोज्ने’ भन्ने विषय आइपुगेको छ । अथवा छिटो छिटो भन्दा छिटो महाधिवेसनमा हेलिने भन्ने बाटो देखिएको छ ।
ओलीले अध्यक्ष र प्रधानमन्त्री पद छाडनुपर्ने अवस्था आए बरु विभाजन नै रोज्ने संकेत पटक पटक देखाइसक्नु भएको छ । नेकपाका नेपालपक्षका एक स्थायी समिति सदस्य भन्नुहुन्छ ‘अब प्रधानमन्त्री चट्टानी अडानमा रहेपछि पार्टी जोगाउन कसले धेरै सम्झौता गर्ने भन्ने सवाल आएको छ । नभए पार्टी एकता जोगिने अवस्था छैन ।’
पार्टीमा वामदेव तरङ्ग
असारको पहिलो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने लहरका शसक्त पात्र हुनुहुन्थ्यो वामदेव गौतम । गौतमपनि प्रचण्ड नेपालसँगै उभिएपछि प्रधानमन्त्री ओलीमाथिको संकट पेचिलो बनेको थियो । तर, उपाध्यक्ष गौतमले ६ बुँदे मध्यमार्गी प्रस्तावसहित ओलीकै पक्षमा उभिएपछि नेकपामा फेरि तरङ्ग निम्त्याएको छ ।
ओलीलाई प्रधानमन्त्री पूरा कार्यकाल र अध्यक्ष महाधिवेशनसम्म रहन दिने प्रस्ताव आएको छ । दिउँसो गौतमको प्रस्तावपछि साँझ प्रधानमन्त्री ओली बालुटारको ढोका नाघेर गौतम निवास भैसेपार्टीमा पुग्नु भएको छ । दुईघण्टा लामो पारिवारीक छलफलपछि ओली गौतम एक भएको सन्देशदिनेगरिका तस्बिर सार्वजनिक भएका छन ।
अब प्रचण्ड नेपाल पक्षलाई सबै विवाद छाडेर छिटो महाधिवेशनसम्म पुग्नुपर्ने दवाव बढेको छ । गौतमको प्रस्तावसँगै नेकपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको देखिन्छ ।
रामबहादुर थापाको पनि गौतमको जस्तै चाहना रहेको यसअघि नै सार्वजनिक भइसकेको छ। स्थायी समिति ओलीको विपक्षमा भएपनि सचिवालयमा ओलीको दुवै पद कायम राखेर अघि बढ्नुपर्ने पक्षमा बहुमत देखिएको छ ।
दुई पाइलटले दिशा फरक पारेपछि कुनैपनि बेला दुर्घटनामा पर्न सक्ने नेताहरुले नै बताउन थालेका छन ।
दवाव
प्रचण्ड नेपाल पक्षका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर बुझाएका छन् । बुधबार दिउसो पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्षद्वयलाई संवोधन गर्दै १५२ सदस्यको हस्ताक्षर बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।
यो हस्ताक्षरबाट अध्यक्षद्वयलाई दवाव परेको छ । तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई गुटगत माग भन्दै वास्ता गर्ने देखिन्न । स्थायी समिति बैठक स्थगन गरेर उहाँ सचिवालयमा फर्किने र त्यहीबाट निकास निकाल्ने योजनामा रहनु भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७, ०७:३९