काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्ट भएको छ । सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले सीआईएनसँग बताउनुभयो ।
उपाध्यायका अनुसार सांसद यादवसहित स्वाब दिएका अरु २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, सामूहिक रुपमा स्वाब सङ्कलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जना पारामेडिक्समा पनि कोरोना देखिएको छ ।
माईस्थान मिना बजारमा सङ्कलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा सङ्क्रमण देखिएको छ । १० जना सङ्क्रमित वीरगञ्ज–२५ ड्राईपोर्ट सिर्सिया क्षेत्रका रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७, ०९:२७