काठमाडौँ । चितवनमा लोपोन्मूख चेपाङ्ग समुदायमाथि भएको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकारका क्षेत्रमा कार्यरत सातवटा सङ्घसंस्थाले माग गरेका छन् ।
ती संस्थाहरूले सयुक्त विज्ञप्ती निकाली राज्यले नै मानव अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाएको सामाजिक न्याय तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरेको आरोप लगाएका छन् ।
खाद्य अधिकार तथा सीमान्तकृत समुदायको अधिकारको लागि कार्यरत फियान नेपाल, खाद्य अधिकार राष्ट्रिय सञ्जाल, आर्थिक, समाजिक तथा साँस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल, न्याय तथा अधिकार संस्था–नेपाल, आदिवासी जनजाति महिला समूह–नेपाल, मध्यवर्ती क्षेत्र जनाधिकार महासंघ नेपाल, र नेपाल आदिवासी जनजाति महासंघ, (नेफिन) ले सयुक्त विज्ञप्ती निकालेर विरोध जनाएका हुन् ।
चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा २०५३ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ्ग समुदायको घरहरूमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेनाको टोलीले आगजनी गरेको थियो ।
गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले कुटपिट गर्दा राप्ती नगरपालिका–२, मिलनटोलका सात जना घाइते भए । तीमध्ये गम्भीर घाइते भएका राजकुमार चेपाङ्गको उपचारका क्रममा साउन ७ गते मृत्यु भएको थियो ।
यातनाबाट मृत्यु भएको विषय गम्भीर भएको भन्दै उच्चतहको समिति बनाएर छानविन गर्न सरोकारवाला संस्थाले माग गरेका छन् ।
कानुनी व्यवस्था र सीमान्तकृत समुदायको विषेश अधिकारहरूमा निकुञ्ज प्रशासनले वेवास्ता गरेको आरोप लगाउँदै ती सस्थाहरूले दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, उत्पीडनमा परेका परिवारहरूलाई तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न भूमि, खाद्य र आवासको व्यवस्था मिलाउन सरकारसँग् माग गरेका छन् ।
घटनाका कारण १७ जना नाबालकसहित ५२ जना वृद्धवृद्धाको गाँस, वास, भूमि र आयआर्जनको स्रोत गुमेको पनि ती सस्थाहरूको दावी छ ।
सेनाले विज्ञप्ति निकालेर आन्तरिक छानबिन सुरू गरेको र अधिकारप्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जनाए पनि घटनास्थलको मुचुल्का पनि नबनाएको प्रहरीले अन्य अनुसन्धान अगाडि नबढाएको, सोधपुछका लागि कसैलाई नबोलाएको ती सस्थाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
‘घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई सेनाले सहयोग गर्ने भनिए पनि सामान्य सूचना पनि दिइएको छैन’ विज्ञप्तीमा भनिएको छ, ‘गस्ती टोलीमा को–को थिए? कसले चेपाङ समुदायका युवालाई नियन्त्रणमा लियो? कहाँ लगेर कसले कुटपिट ग¥यो ? हतियारको प्रयोग भयो कि भएन ? यी कुनै पनि सूचना पनि प्रहरीले पाएको छैन । प्रहरीले पोस्टमोर्टम रिपोर्ट आउनुअघि नै गर्नसक्ने अनुसन्धान पनि सुरू गरेको छैन ।’
कानुनी व्यवस्था र सीमान्तकृत समुदायको विषेश अधिकारहरूमा निकुञ्ज प्रशासनले वेवास्ता गरेको आरोप लगाउँदै ती सस्थाहरूले दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, उत्पीडनमा परेका परिवारहरूलाई तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न भूमि, खाद्य र आवासको व्यवस्था मिलाउन सरकारसँग् माग गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठः
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७, ०९:०५