रेडियो मेलम्ची, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो खस्दा ९ जना बेपत्ता भएका छन् ।
गएरातीको अबिरल वर्षाका कारण आएको पहिरोमा परी ९ जना बेपत्ता भएका हुन् ।
पहिरोमा बेपत्ता भएकामध्ये एक जनाको जिवितै उद्दार भएको छ । भारतिय नागरिक बारु शाहको उद्दार गरी अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अबिरल बर्षासँगै खसेको पहिरोले मेलम्ची कभर्डहल निमार्ण गर्ने कामदारलाई पुरेको हो ।
बेपत्ता हुनेहरूमा विरगञ्जका बर्ष ४२ का राजेन्द्र चौरसिया, ३५ बर्षिय प्रदिप चौरसिया, २५ बर्षिय विक्रम थिङ रहेका छन् ।
यस्तै २३ बर्षिय मानबहादुर रुम्बा, २० बर्षिय सिमन घलान, २१ बर्षिय शिव बालक धामी, १७ बर्षिय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पहिरोमा ७ जना विरगन्जका र एकजना भारतीय नागरिक अझै बेपत्ता छन् ।
उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७, ०६:३८