पर्सामा थप ७३ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणको रिपोर्ट अनुसार ६१ जना पुरुष र १२ जना महिलामा कोरोना भाइरसको पुष्टि भएको हो।
स्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार कोरोना सङ्क्रमित मध्ये १ जना भारतीय नागरिक, २ जना बारा जिल्लाका र अरु सबै पर्साबासी रहेका छन् । १० वर्षदेखि ७१ वर्ष उमेर समूहका व्यक्तिमा सङ्क्रमण देखिएको हो ।
४ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। अझै ९ सय नमुना परीक्षण गर्न बाँकी रहेको डा उपाध्यायले बताउनुभयो ।
सङ्क्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना र पर्साका १ पत्रकार पनि रहेका छन्।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७