सल्यान । सल्यानमा सेनेटरी प्याड उत्पादन गर्न थालिएको छ । जिल्लामा नै पहिलो पटक सल्यानको शारदा नगरपालिका ४ साहुटोमा सुरक्षा सेनेटरी प्याडेग नै स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको हो ।
जिल्लाका ग्रामिण भेगका किशोरीहरु तथा महिलाहरुले अझैपनि महिनावारी भएको समयमा रुमाल, पुराना कपडाहरु प्रयोग गर्दै आएका छन् । जसका कारण स्वास्थ्यमा बिभिन्न समस्याहरु देखा पर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । पछिल्लो समय जनचेतना बृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गएकोले प्याड उद्योग सञ्चालन गरिएको सुरक्षा सेनेटरी प्याड उद्योगका सञ्चालक लक्ष्मी बस्नेतले बताउनुभयो ।
उहाँले करिब १४ लाख रुपैयाँ बराबरको लागतमा उद्योग सञ्चालन गरिएको छ । उद्योगमा अहिले ३ जना कर्मचारी समेत राखिएको छ । उहाँले ३ वटा मेसिनसँगै विभिन्न औजार उपकरण खरिद गरेर सेनेटरी प्याड उद्योग सञ्चालन गरेको बताउनुभयो । उहाँले उत्पादित प्याड सल्यान जिल्ला र छिमेकी जिल्लाहरुमा समेत निर्यात गर्ने योजना रहेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५, १७:३९