काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना सङ्क्रमण देखिएको छ । हिजो बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो ।
प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बस्नु भएको छ ।
यसअघि सांसद प्रदीप यादवलाई पनि कोरोना सङ्क्रमण भइसकेको छ । यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि सङ्क्रमण भएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७, ०६:५७