पर्सा । वीरगञ्जमा स्वास्थ्यकर्मी, सुरक्षााकर्मीसहित ७५ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख, पर्सामा कार्यरत ९ जना प्रहरी र नारायणी अस्पतालका ३ कर्मचारीसहित वीरगन्जमा ७५ जना नयाँ कोरोना सङ्क्रसिमत थपिएका हुन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गएराति भएको परीक्षणमा १५ जना महिलासहित ७५ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले सीआईएनसँग बताउनुभयो ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारी, माहानगरपालिकाको वरुणयन्त्रका दुईजना कर्मचारीमा पनि कोरोना देखिएको छ। गणेशमान चोक, भानुमार्ग, राधेमाई, नगवा, घडीअर्वा, भिस्वा, महावीर टोल, कुम्हाल टोल, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्ली र पटेलनगरका ब्यक्तिमा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका छन् । गएराति कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ८ जना सङ्क्रमितमा ज्वरो र खोकीजस्ता लक्षण पाइएको छ । २९ जनालाई पहिले सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको क्रममा जाँच गरिएको हो भने ११ जनाले सशुल्क परीक्षण गराएका थिए।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७, १२:२९