दोलखा भिमेश्वर नगरपालिकाको मकैबारी । चरिकोट नजिकैको गाउँ । व्यावसायिक साग खेती हुन्छ । केही वर्ष अघिसम्म कोदो मात्रै उब्जिन्थ्यो ।
अहिले पनि यहाँका किसानले फाट्टफुट्ट कोदो लगाउँछन् । म यही गाउँमा पुगेको छु, एकजना आमाबाट कोदोको कथा सुन्न। सुन्न मात्र पनि के भनुँ, लेख्न पनि ।
मनमाया बस्नेत ८२ वर्ष पुग्नुभयो । सेतै फूलेको कपाल । चाउरी परेका गाला । अनि चिम्सा आँखा । आँगनमा कोदोको थुप्रो छ । कुटेर केलाउन नभ्याएको जस्तो देखिने ।
‘छोरा बुहारी, नाती नातिना कसैलाई मन पर्दैन रे, आँगनमा अलपत्र भो, त्यही भएर स्याहार्न लागेकी ।’
मनमायाले फिस्स हाँस्दै सुनाएको कुरा । हाँस्दा उहाँका एउटै दाँत देखिएनन् ।
‘पैले पैले त ब्यानै कोदो, बेल्कै कोदो’ मनमायाले दोलखाली लवजमा उहिलेका कुरा सुनाउँदा मैले आफू जन्मेहुर्केको गाउँ सम्झे । कुरा हाम्रो कोदोको छ। गाउँघर र बस्तिको लवज मनमायाको कुरा गर्ने शैलीमा सुन्न पाइएको छ ।
'दाँत झरेछ त आमा ?'
मेरो प्रश्नमा, मुस्कानमै सकियो मनमायाको जवाफ । मुस्कुराउँदा फेरि पनि मनमायाका दाँत देखिएनन् । गिजा मात्रै देखिए ।
दाँत नभएर के भो ? मनमायालाई, ढिँडो र रोटी खान औधी मनपर्छ । तर घरका कसैले खान मान्दैनन् ।
त्यसैले, मनमायालाई मन भएर पनि रोटी खाने दिन जुर्नै गाह्रो छ । 'एकछिन गफ गरौं है आमा ?'
मेरो आग्रहमा सहमतिको टाउको हल्लाउनुभयो । म कोदोको उरुङको पल्लो छेउमा बसेँ । उहाँले नाङ्लो बिसाउनुभयो । अनि सुरु भयो, कोदो, रोटी र ढिँडोको कुरा ।
‘पैले पैले त ब्यानै कोदो, बेल्कै कोदो’ मनमायाले दोलखाली लवजमा उहिलेका कुरा सुनाउँदा मैले आफू जन्मेहुर्केको गाउँ सम्झे । किन कि कुरा हामी कोदोको गरे पनि समग्र गाउँघर र बस्तिको भाका, लवज मनमायाको कुरा गर्ने शैलीमा सुन्न पाइएको छ ।
साह्रै चाख लाग्दा कुरा । ' ए... बाबु यो सबै गाउँभरि कोदो मात्रै खेती हुन्थ्यो । रोप्ने बेलामा उस्तै रमाईलो । गोड्ने बेलामा उस्तै रमाईलो ।'
भनि न भ्याउँदै मेरो प्रश्न गर्ने पालो, 'के रमाईलो आमा ?' रमाईलो प्रसङ्ग अन्तै मोडिएला भनेर म सजग थिएँ ।
'खेतालाहरु बारी भरि, गीत गाउँदै कोदो रोप्थे । गीतको शुरमा काम गरेको थाहा पनि नहुने । अल्छि पनि नलाग्ने । थकाइ पनि नलाग्ने । ४ जनाको काम त खाजा तुल्याउने मात्रै हुन्थ्यो ।'
मजेत्रो (बर्को) ले पसिना पुछे । पिँडीमै बसेर एक आम्खोरा पानी पिए । निक्लँदो मंसिर भए पनि, घाम चर्को छ । घाममा आलुका ठूल्ठूला भारी बोकेका उनीहरुका थाप्ला गहिरो परेका होलान् । सायद पसिनाले निथ्रुक्क भिजेका पनि थिए ।
'खाजा पनि कोदो कै हुन्थ्यो कि आमा ?' मौका पाएर मैले सोधिहाल्थेँ ।
यस पटक मनमायाको हाँसो अलि ठूलो सुनियो । ‘कहाँ मेलापातको बेला कोदो खानु, ढिकीमा कुटेको चिउरा हुन्थ्यो नि ! कोही कोहीले सातु पनि खान्थे ।’ तर मलाई चाँहि किन किन कोदोको रोटी नै मन पर्ने ।
‘घरमा भैँसी पालेको थियो । लैनो बकेर्नो कहिल्यै टुटेन । सानै बेलादेखि हाम्रो खान्की नै दूध र ढिँडो । तागतिलो पनि । पेट नि नदुख्ने । यो कोदो त साह्रै असल ।’ मनमायाको कोदो मोह विस्तारै खुल्दै छ ।
बिहान १० बजेको हुँदो हो । घर माथिको बाटोमा मोटर गुडिरहेका थिए । तर खाँडीचौरदेखि चरिकोटसम्मको बाटो राम्रो छैन । त्यसैले हिजोआज मोटरको चाप घटेको छ । अधबैंसे उमेरका दुईजना महिला सडकको डिलबाट गोरेटो हुँदै मनमायाको घर तिर झर्छन् ।
उनिहरु अलि टाढै थिए, मनमायाका आँखाले राम्रो ठम्याउन सकेनन् । नजिकै आएपछि मनमाया बोल्नुभयो, ‘ए.. बुहारीहरु पो रहेछन् ।’ उनीहरुले भारी बिसाए ।
मजेत्रो (बर्को) ले पसिना पुछे । पिँडीमै बसेर एक आम्खोरा पानी पिए । निक्लँदो मंसिर भए पनि, घाम चर्को छ । घाममा आलुका ठूल्ठूला भारी बोकेका उनीहरुका थाप्ला गहिरो परेका थिए, सायद पसिनाले भिजेका पनि थिए होलान्।
मैले यति अनुमान लगाएँ । 'थाकेर एकछिन् त बोल्दा पनि बोलेनन् ।'
मनमायाका दुई जना बुहारी कोदोमा आलु साट्न लेकतिर गएका रहेछन् । हामी गफिँदागफिँदै गर्दा आईपुगे । सराबरी आलु साटेर । 'दस दस पाथी आलु बोकेर विहानै दोबाटे गाउँ गएका उनीहरुले उति नै आलु ल्याए । ‘अब २/३ महिनालाई तरकारी ढुक्क भयो । सागमा मिसमास गर्न आलु नै राम्रो हुन्छ ।’ मनमायाले मुख मिठ्याउँदै सुनाउनुभयो ।
आलु र कोदोको साइनो लामो छ । मकैबारी र दोबाटे गाउँको जस्तै । उहिलेदेखि नै मकैबारीले कोदो फलाउँछ । दोबाटेले आलु । यहाँका मानिस आलु र कोदो साटासाट गर्छन् र फेर्छन्, जिब्रोको स्वाद पनि ।
हिजोआज यहाँका कोदो फल्ने बारीमा साग फल्छ । साग बेचेरै यहाँका मान्छे धनी भएका छन् । भुकम्पले भत्कायो र पो, नत्र मनमायाको घर पनि तीन तले थियो ।
मनमायाको उमेर बढ्दै जाँदा कोदो रोप्ने र खानेक्रम भने घट्दै गएको छ । ‘रोप्नै झन्झट । गोड्नै झन्झट । पकाई तुल्याई गर्न उस्तै । खान त मीठो हुन्छ नि । म बूढीको दाँत छैन, ढिँडो चपाउन नि सजिलो, निल्न नि सजिलो । पचाउन पनि सजिलो ।’
‘सबैभन्दा माथिल्लो तलामा कोदोको भकारी थियो । भकारी भरि कोदो थियो । अहिले त स्याहार्ने कस्ले र । खाने कस्ले ।’ फेरि कोदो कै कुरामा पुग्न खोज्दै छौँ हामी ।
मनमायाका बुहारीहरु घर भित्र छिरे ।
‘पकाई तुल्याई गर्न लागे जस्तो छ । भोकले आए होला, म बूढी पकाउन सक्दिन । आँखाले ठम्याउनै सक्दिन । उहिले हामीले जस्तो ढिँडो रोटी खाए पो अडिलो हुन्थ्यो । ब्यान खा, त्यहि चामल । बेल्का खा, त्यहि चामल । चामल अडिलो नहुने, बाबु । तागतै नआउने ।’
मनमायाका आँखा अझैँ चिम्सा भए । गाला अझैँ चाउरिए । अनुहारको हाउभाउ दिक्क माने जस्तो देखियो ।
मनमायाले मन खोलेर कोदोको बखान गरेको सुनेर, म दङ्ग छु ।
मनमायाको छिमेकमा दौंतरीहरु नभएका होइनन् । कोहि बिते । कोहि छोरा बुहारीसँगै सहरतिर झरेका छन् ।
अहिले त न दौंतरी छन् । न उहिले झैँ गाउँमा चौतारी छ । बरु सहर झरेकाहरुलाई मनमायाले च्याङ्ख्ला र कोदोको पिठो पठाईरहनुपर्छ ।
‘गाउँ छोडे पनि ढिँडो छोड्न सकेका छैनन्, वर्षमा दुईचार खेप पठाईदिन्छु । सहरमा त चिज हुन्छ, नि बाबु कोदो ।’
अनुहार फरासिलो भयो । ओंठभित्रबाट गिंजाहरु चिहाए । मुस्कुराउँदै मुख मिठ्याएर बोल्ने मनमायाको तरिका साह्रै मज्जाको लागेको छ।
मनमायाको उमेर बढ्दै जाँदा कोदो रोप्ने र खानेक्रम भने घट्दै गएको छ ।
‘रोप्नै झन्झट । गोड्नै झन्झट । पकाई तुल्याई गर्न उस्तै । खान त मीठो हुन्छ नि । म बूढीको दाँत छैन, ढिँडो चपाउन नि सजिलो, निल्न नि सजिलो । पचाउन पनि सजिलो ।’
यसपटक मनमाया यति जोड्ले हास्नुभयो कि बन्द मुख पूरै खुल्यो। तर साँझ नपर्दै काठमाडौँ पुग्ने योजना छ। त्यसका लागि समय छँदै दोलखा नछोडी न हुने । कोदोसँगको मनमायाको अनुभवका पाटा साँघुरो पार्दै बिदा भएँ ।
भन्सार विभागका अनुसार गत वर्ष ३ करोड ९६ लाख रुपैयाँको कोदो विदेशबाट आएको छ ।
पछिल्लो दश वर्षको तथ्याङ्क हेर्दा आयातको दर बढिरहेको देखिन्छ । कुनै समय गरीबको खाद्यान्नको रुपमा हेरिने कोदो अहिले सम्पन्न वर्गको समेत खान्कीमा पर्छ । तर कोदो खेतिमा किसानको रुचि खासै देखिन्न ।
कुनै समय कोदो, फापर लगायतका परम्परागत अन्नबाली गरिब र विपन्नको बाध्यताको खाना हो भनिन्थ्यो । अचेल सम्पन्न भनिएकाको भान्सासम्मै कोदोले पोषिलो र स्वादिलो परिकारको परिचय बनाएको छ । तर नगन्य मात्रामा ।
कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत रामकृष्ण श्रेष्ठ भन्नुहुन्छ, कोदोबाट परिकार बनाउन नजानेर खेती गर्नेहरु घटिरहेका छन् ।
'कोदोबाट केक बनाउन सकिन्छ । रोटीका परिकार बनाउन सकिन्छ । हलुवा बनाउन सकिन्छ । तर त्यो उपायका बारे किसानलाई कस्ले बताआदिने ?'
श्रेष्ठ भन्नुहुन्छ, ‘सरकारले कोदोको महत्वबारे किसानलाई बुझाउन नसकेर रोप्ने र खानेहरु हराउँदै गए ।’
कोदोमा आईरनलगायतका शरिरलाई चाहिने अत्यावश्यक तत्वहरु पाईन्छ । हामी गर्भवती महिलालाई आईरन चक्की खुवाउछौं । चक्कीमा हुने आईरन कोदोमै छ, किसानलाई कस्ले सुनाईदिने ?
कुनै समय नेपालबाट धान, गहुँ, मकै, कोदोलगायतका अन्नबाली निर्यात हुन्थ्यो ।
यो झण्डै ३५ वर्ष अघिको कुरा तर अचेल कोदो फापरलगायत मुलुकको परम्परागत अन्नबाली पनि ठूलो परिमाणमा विदेशबाटै भित्रिन्छ ।
कृषि विज्ञका अनुसार २०३१/०३२ सालसम्म नेपालले कोदो धेरै फलाएर निर्यात गर्थ्यो । तर व्यापार तथा निकासी प्रवर्धन केन्द्रमा त्यसको तथ्याङ्क भेटिएन ।
कतिपय स्थानीय तहले कोदोलगायत रैथाने बालीलाई प्रोत्साहन गर्न थालेका छन् । त्यसमध्येको एउटा हो, बाग्लुङको ढोरपाटन नगरपालिका ।नगरपालिकाभित्र जमिन बाँझो न राख्ने र व्यावसायिक कोदो खेती गर्नेलाई नगरपालिकाले सहुलियत ऋण दिने, नगरप्रमूख देवकुमार नेपालीको भनाइ छ ।
कुनै समय कोदो, फापर लगायतका परम्परागत अन्नबाली गरिब र विपन्नको बाध्यताको खाना हो भनिन्थ्यो । अचेल सम्पन्न भनिएकाको भान्सासम्मै कोदोले पोषिलो र स्वादिलो परिकारको परिचय बनाएको छ । तर नगन्य मात्रामा ।
कोदोलगायत परम्परागत अन्नबालीको खेती गर्ने किसानलाई सरकारले आर्थिक तथा प्राविधक सहयोग न गर्ने हो अझैँ कैयौँ वर्ष यसको आयातमै करोडौँ पूजिँ पलायन भइरहनेछ ।
कोदो, फापरलगायत अन्नबाली लगाउनेहरु घट्दै जाँदा बाँझो जमिनको आकार बढ्दै गईरहेको छ । कतिपय स्थानीय तहले कोदोलगायत रैथाने बालीलाई प्रोत्साहन गर्न थालेका छन् । त्यसमध्येको एउटा हो, बाग्लुङको ढोरपाटन नगरपालिका ।
नगरपालिकाभित्र जमिन बाँझो न राख्ने र व्यावसायिक कोदो खेती गर्नेलाई नगरपालिकाले सहुलियत ऋण दिने, नगरप्रमूख देवकुमार नेपालीको भनाइ छ ।
टन्न कोदो फलाएर बेच्ने र नगरलाई समृद्ध बनाउने ढोरपाटन नगरपालिकाको योजना छ । स्थानीय मात्रै होईन, प्रदेश र सङ्घ सरकारले पनि रैथाने बालीको उत्पादन बढाउन योजना निर्माण र कार्यान्वयनमा जोड दिइरहेका छन् ।
कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार, व्यावसायिक कोदो रोप्ने किसानले सरकारबाट अनुदान पनि पाउने छन् ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५, ०७:४१