काठमाडौं । कोरोना सङ्क्रमित भएका थप चारजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा महोत्तरीको मटिहानी नपा ६ का ४५ वर्षीय पुरुष, धनुषा जिल्ला मिथिला नगरपालिका ७ ढल्केबरका ८५ वर्षीय महिला, अछाम जिल्ला रामारोशन गाउँपालिका ५ का १८ वर्षीय पुरुष, मोरङ जिल्ला विराटनगर महानगरपालिका ३ का ५७ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मुलुकभर ५ सय २५ कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थपिए ५ सय २५ जनामा कोरोना सङ्क्रमित पुष्टि मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७, १७:०८