सिन्धुपाल्चोक । लगातारको वर्षापछि सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा झरेको पहिरोमा परी वेपत्ता भएका मध्ये ४ जनाको शव निकालिएको छ ।
घटनास्थल पुग्नुभएका सभामुख अग्नि सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार वस्तिमाथिबाट झरेको पहिरामा परी वेपत्ता भएका ३८ मध्य ४ जनाको शव निकालिएको हो । बाँकीको खोजीकार्य भइरहेको उहाँको भनाइ छ ।
सभामुख सापकोटा घटनास्थल लिदीमा पुग्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७, १३:३२