काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा लामो समयदेखिको विवाद समाधानका लागि दुई अध्यक्षबीचको छलफलले ६ सदस्यीय कार्यदल बनायो । गठनको भोलिपल्टैदेखि काम थालेको कार्यदलले प्रारम्भीक प्रतिवेदन समेत तयार पारिसकेको छ । दुई अध्यक्ष, सचिवालय र स्थायी कमिटिले खोज्न नसकेको उपाय कार्यदलले खोज्ला ? साथी राजन रुचालले कार्यदलका सदस्य समेत रहनुभएका प्रचण्ड निकट मानिने नेकपाका नेता जनार्दन शर्मालाई सोध्नुभएको छ ।
अवश्य पनि । दुई अध्यक्षबीच छलफल भयो, र एउटा सकारात्मक छलफल शुरु भएर अब यी सबै समस्यालाई समाधान गर्नेगरी जाने दुई अध्यक्षको बीचमा सहमती भएर त्यो सहमती प्रस्ताव तयार गर्नको लागि ६ सदस्यीय कार्यदल उहाँहरूले निर्माण गर्नुभएको हो ।
जुन कार्यदलमा तपाई सदस्य पनि हुनुहुन्छ, एउटा कुरा । अर्को कुरा, दुई अध्यक्षको छलफलमा पटक पटक तपाई सहभागी पनि हुनुहुन्छ । त्यो कारणले अब तपाईहरुले सुझाव दिँदाखेरी यसअघिका मागहरूलाई छोडेर जानुहुन्छ कि, सँगै जोडेर लिएर जानुहुन्छ ?
जनताको माग, कार्यकर्ताको माग, देशको आवश्यकतालाई प्राथमिकता दिन्छौं । त्यो आधारमा हामी जान्छौं । र, मुख्य कुरा पार्टीलाई विधि प्रकृयामा सञ्चालन गर्ने कुरा, सरकारलाई व्यवस्थित गर्ने कुरा, अहिलेका कोरोना लगायत विपद्का समस्याहरूमा कसरी पार्टी परिचालन गर्ने ? कुरा ।
सँगसँगै पार्टीमा बैचारिक विधि, पद्धतिगत बिषयहरू पनि छन्,त्यसको अलि ठूलो स्तरबाट बहस गर्नुपर्ने आवश्यकता पनि छ । समाधान गर्नुपर्ने आवश्यकता छ ।
त्यस कारणले महाधिवेशन गर्ने हाम्रो केन्द्रिय समितिले निर्णय गरिसकेको कुरा थियो, त्यो महाधिवेशनलाई अब कसरी अघि बढाउने भन्ने बारेमा पनि सायद मेरो विचारमा हाम्रा एजेण्डाहरू हुनुपर्छ भन्ने मलाई लागेको छ ।
यसअघिचाहिँ केपी ओली इतरको पक्षले उहाँको राजिनामा माग्ने अध्यक्षबाट पनि र प्रधानमन्त्रीबाट विशेषगरी । त्यो भन्ने कुरा थियो, त्यो बिषय अब उठ्छ कि उठ्दैन ? अहिलेको लागि यो यत्तिकै सेलाएर जान्छ कि के हुन्छ ?
हैन अब राजिनामा दिने छोड्ने कुरा नभएर अहिलेका पार्टीका समस्याहरूलाई समाधान गर्ने र पार्टीलाई अगाडी बढाउने कुरामा नै हामी अगाडी बढ्छौं ।
केही दिन अगाडीको एउटा अन्र्तवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली भन्नुभएको थियो, कि पार्टी भित्रको विवाद अब तपाईहरू दिनगन्ती गर्न थाल्नुस्, पाँच दिनभित्र अन्त्य गर्छु भनेर । तपाईहरुले अब दुईदिन भित्र त्यो विवाद समाधान गर्नेगरेर केही न केही खाका दिनसक्नुहुन्छ ?
मैले पाँच दिन अथवा दुई दिन भनेर अहिले भन्न सक्दिनँ । तर हामीलाई जे जिम्मेवारी दिनुभएको छ, त्यसलाई हामी छिटो भन्दा छिटो पूरा गरेर आम कार्यकर्ता, जनता, सबै नेताहरुले गरेको अपेक्षा अनुसार प्रस्ताव तयार पार्छौं ।
तपाईहरु भन्दा पनि ठूला नेताहरू भएको सचिवालयले गर्न नसकेको काम, अनि तपाईहरू सहितको धेरै भन्दा धेरै नेताहरू भएको स्थायी कमिटिले नसकेको काम, ६ सदस्यीय यो कार्यदलले गर्छ भनेर आम कार्यकर्ता र जनताले कसरी पत्याउने ?
कसरी पत्याउने भन्दाखेरी, आम जनता र कार्यकर्ता एकताको पक्षमा छन् । हामी पार्टीको एकतालाई बँचाएर जानुपर्छ भनिराखेका छौं । र दुवै अध्यक्षहरू पनि पार्टी एकतालाई बँचाएर जानुपर्छ भन्नेमा पुग्नु भएको छ ।
यो उहाँहरुको समझदारीका आधारमा, पार्टी एकतालाई बँचाएर जाने जुन समझदारी उहाँहरूले गर्नुभयो त्यसका आधारमा नै कार्यदल बनाउनु भएको हुनाले, हामी कार्यदलले पनि त्यही स्तरबाट काम गर्ने भएको हुनाले सम्भवत आम जनता कार्यकर्ताले हामीप्रति भरोसा र विश्वास गर्छन् भन्ने मलाई लागेको छ ।
मन्त्रीपरिषद् हेरफेर गर्ने कुरा र आवश्यक प¥यो भने प्रदेशको मुख्यमन्त्री समेत हेरफेर गर्ने कुरा पनि चर्चा चलेको छ । त्यो बिषयमा तपाईहरुले सुझाव दिने सम्भावना छ कि छैन ?
आवश्यक पर्दा मुख्यमन्त्री अथवा यो भन्ने छैन मैले अघि भनेनी, सरकारको काम कार्वाहीलाई व्यवस्थित गरी लैजाने कुरामा ति बिषयहरू आउन पनि सक्लान् ।
ठोस भनेर त्यस्तो कुनै चर्चा त्यहाँ भएको छैन । के गर्दा अझ राम्रो हुनसक्छ भन्ने बारेमा सबै कुरामा छलफल हुन्छ । मुख्यत पार्टीमा विधि पद्धती, सरकारलाई व्यवस्थित गर्ने कुराहरू नै, सरकार र पार्टीबिचको अन्तर सम्बन्धलाई सुदृढ गर्ने कुरामा नै हामी केन्द्रित हुनेछौं ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७, ०७:३५