काठमाडौं । कोरोना सङ्क्रमणका हिसावले काठमाडौं उपत्यका 'हटस्पट' बन्ने देखिएको छ । हरेक दिन सङ्क्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो ३४ घण्टामा थप २ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
काठमाडौंमा सबैभन्दा धेरै १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना सङ्क्रमित फेला परेको परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
२० घण्टामा ११ हजार ८ सय ३२ पीसीआर परीक्षण गरिएकोमा मुलुकभर ७ सय ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
सरकारले परीक्षणको दायरा बढाएर १० हजारभन्दा माथि गर्न थालेपछि सङ्क्रमित पनि बढ्दै गएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७, १६:३६