विश्वभरी महामारीको रुपमा कोरोना भाइरस (कोभिड–१९) चैत्र देखिको बन्दाबन्दीको मारमा विद्यार्थि र अभिभावक परेका छन् । काठमाण्डौंमा हामी जस्तो पढने विद्यार्थिहरुको कापि किताव लगाएतका सरसामानहरु त्यत्तिकै कोठामा छोडेर आफ्नो घर आईएको छ । यो अनिश्चित बन्दले गर्दा हामी बस्ने घर बेटीले कोठा भाडा मागेका छन् ।
हामी कोठामा नबसि महंगो कोठा भाडा तिर्न गाह्रो भयो सरकार । त्यसैले हामी त्यो कोठा खाली गर्नजानकोलागि विद्यार्थि र अभिभावकलाई कुनै सहज परिस्थिति मिलाउनु पर्ने भएकोले सरकारले विद्यार्थिको कुरा सुनिदिनु पर्यो र १० दिनकोलागि हाम्रो घर मोटरसाईकल पनि छैन । बस मिनि बस सवारी साधन चलाई दिएमा कोठा खाली गर्न पर्छ भन्ने हाम्रो माग छ हाम्रो यो पिडा सुनिदिनु पर्यो ।
यो बन्दले गर्दा कतै पनि काम गर्न पाईएको छैन । विचरा हाम्रा अभिभावकले हामीलाई ख्वाउने कि घर भाडा तिर्ने ? विद्यार्थिहरुलाई काठमाण्डौं जान पास पनि दिदैनन् ।
सरकारले घरको भाडा तिर्न पर्यो कि हामीलाई सहज रुपले काठमाण्डौं जान दिनु पर्यो यो समस्या कुन निकायले समाधान गर्छ यस सम्बन्धि समाचार र जानकारी गराई दिनुहुन तपाईको मिडिया मार्फत हामीले जानकारी पााउनकोलागि अनुरोध गर्दछौं ।
नारायण भुषाल/पप्पु रेग्मी/विशाल थापा, चितवन ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७, ०८:५२