काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा ८ सय १८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१ हजार ९ सय ३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिले १३ हजार १ सय ५५ जनामा सक्रिय सङ्क्रमण छ।
अहिलेसम्म १८ हजार ६ सय ३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७, १७:०६