काठमाडौं ।
सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था, आन्तरिक र अन्तर्राष्ट्रिय उडान र सीमा नाका भदौ मसान्तसम्म बन्द गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएपछि सरकारले भदौ मसान्तसम्म कुनैपनि यायाता बन्द गर्ने निर्णय गरेको हो ।
हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई र सथल यातायात भदौ १५ बाट खोल्ने सकिने यसअघिको निर्णयलाई पुनःविचार गर्दै भदौ मसान्तसम्म लम्ब्याएको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो ।
कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७